२०८२ फाल्गुन २८ गते बिहीबार

कपडा बोकेको अटोसहित चालक पक्राउ

वीरगंज, १० चैत । सशस्त्र प्रहरीले भन्सारबाट छली लुकाई छिपाई भारत रक्सौलबाट नेपालको वीरगंज ल्याउदै गरेको अवस्थामा एउटा अटोबाट विभिन्न सामग्री बरामद गरेको छ । वीरगंज महानगरपालिका–१६ स्थित सीमा नाका भन्सार कार्यालयको मुख्य द्वार अगाडि चेकजाँच गर्ने क्रममा ना.१ ह ९८३१ नम्बरको अटोबाट भन्सार छलीको सामग्री सशस्त्र प्रहरी बल पर्साको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको जनाएको छ । अटोचालक नगवाका ३७ वर्षीय सञ्जु साहलाई अटो सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अटोको विभिन्न भागमा कपडाहरू लुकाएको अवस्थामा फेला परेको थियोे । उक्त कपडा तथा अटोको अन्दाजी मूल्य करिब २ लाख १३ हजार मूल्याकंन गरी भन्सार कार्यालय बुझाइएको सुब्बाले जानकारी दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM