वीरगञ्ज स्थित नेक्सस एजुकेसन प्रा. लि. द्वारा आयोजित “उडान” – विदाइ कार्यक्रम तथा करियर परामर्श शनिबार वीरगञ्ज स्थित होटल बिन्दवाशिनीमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अल्ली भुट्टो थिए।विशिष्ट अतिथिहरूमा युवा नेता राकेश यादव, ब्राईट प्लस टु कलेजका सञ्चालक मुकेश गुप्ता, मानव सेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, सामाजिक अभियन्ता अमन पटेल, अखिल पटेल, सञ्चारकर्मी सन्तोष कुश्वाहा लगायत थुप्रै विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रम नेक्सस एजुकेसन प्रा. लि.का सञ्चालक अमन गुप्ताको अध्यक्षतामा सञ्चालन गरिएको हो।
उक्त अवसरमा विद्यार्थीद्वारा सांगीतिक प्रस्तुति, नृत्य, र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्दै अतिथिहरूको स्वागत गरिएको थियो। कार्यक्रममा विद्यार्थीलगायत अभिभावकहरूको समेत उत्साहजनक उपस्थिति थियो।
ब्राईट प्लस २ कलेजका सञ्चालक मुकेश गुप्ताका भनाई अनुसार “नेक्सस एजुकेसनले वीरगञ्जमा शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। विद्यार्थीहरूको भविष्य निर्माणका लागि यस्तो विदाइसँगै करियर गाइड कार्यक्रम अत्यन्त प्रेरणादायक छ। हामीले पनि ब्राईट कलेजमार्फत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता लिएका छौं।”
कार्यक्रमको अन्त्यमा सहभागि अतिथी एवं विद्यार्थीहरूलाई मायाको चिनो एवं प्रमाणपत्र तथा स्मृति चिह्न वितरण गरिएको थियो।









