२०८२ चैत्र ११ गते बुधबार

नेशनल मेडिकल कलेजद्धारा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललाई सम्मानपूर्वक विदाई

वीरगंज स्थित नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालले पर्साका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) राधेश्याम धिमाललाई एक विशेष समारोहका बिच सम्मानपूर्वक विदाई गरेको छ ।
पर्सामा कार्यरत रहँदा समाजिक उत्तरदायित्व र सुरक्षामा उल्लेखनिय योगदान पु¥याएको भन्दै कलेज प्रशासनले धिमालको सम्मान सहित विदाई कार्यक्रम आयोजना गरेको हो ।

कलेजका अध्यक्ष प्रोफेसर डा. जैनुदिन अन्सारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कलेजका प्रबन्ध÷निर्देशक सहनवाज अन्सारी, अस्पताल निर्देशक डाक्टर ईसरत जहाँ अन्सारी, एकाडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर के.एन. सिंह लगायत पर्सेली सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा वक्ताहरूले धिमालको कार्यकाललाई स्मरणीय बताउँदै, वीरगंजको शान्ति सुरक्षामा उनको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रम समापनमा उपरीक्षक धिमालले पनि नेशनल मेडिकल कलेज प्रति आभार प्रकट गर्दै, सामाजिक संस्थाहरूको साथले प्रहरी प्रशासनको काम अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM