रोयल एकाडेमी स्कूलमा अध्ययनरत यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह कार्यक्रम शनिबार सम्पन्न भएको छ। शनिबार स्कूलको आफ्नै प्राङ्गणमा विशेष कार्यक्रमगरी विद्यार्थीहरूको दीक्षान्त समारोह सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी स्कूलका सञ्चालक ओमप्रकाश श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रमुख अतिथी श्रेष्ठले विद्यार्थीहरुलाई शुभकामना दिँदै विद्यार्थीहरूको खुलेर प्रशंसा गरेका थिए । उनले हाम्रा युकेजीका विद्यार्थीहरू एउटा बाल्यकालको महत्वपूर्ण युग पारगरी शिक्षाको क्षेत्रमा आफ्नो जड बलियो बनाएको बताए । उनले आजको दिन साच्चिकै हाम्रा विद्यार्थी, अभिभावक र शिक्षक ज्यूहरुको लागि पनि स्मरणीय रहेको बताए ।
उनले भने हामीले पिजी देखि लिएर युकेजीका विद्यार्थीहरुलाई शिक्षाको साथ साथै अनुशासन, मनोरञ्जन, खेलकुद, स्वास्थ्य र उनीहरूको रुचिको विषयलाई समेत धन्यानमा राखेर अघि बढेको बताए । साथै उनले विद्यार्थीहरुलाई स्वतन्त्र रूपमा राखेर पाठन पाठन गराउनु पर्ने र हामी यस्तै गर्दै आइरहेको बताए । कार्यक्रममा स्कुलकी मैनेजिङ डाइरेक्टर सबनम श्रेष्ठले साना विद्यार्थीहरु पढाइमा अब्बलको साथ साथै अतिरिक्त क्रियाकलापहरुमा समेत धेरै राम्रा रहेको बताइन् । उनले स्कूल विद्यार्थीहरूको दोस्रो घर रहेको बताउँदै यस रोयल एकाडेमीको घरमा हाम्रा विद्यार्थीहरु सुरक्षित रहेको बताइन् । उनले भनिन् जुन हिसाबले हाम्रा विद्यार्थीहरु अगाडि बढ्दै छन यो आउने दिनमा हाम्रा लागि ठुुलो उपलब्धि हुनेछ उनले भनिन ।
स्कुलकी फाउन्डर र प्रधानाध्यापक विजया ओझैयाले आजको यस दिनलाई स्मरणीय बनाईदिनु भएकोमा विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका लगायत सबैलाई धन्यबाद दिईन् । कार्यक्रममा स्वागत मन्तब्य स्कूलका सह ( प्रधानाध्यापक सुमन श्रेष्ठले गरेका थिए भने सञ्चालन स्कूलका शिक्षक सोनु दासले गरेका थिए ।








