२०८२ फाल्गुन ५ गते मंगलवार

आजदेखि वीरगञ्जमा टु द भीआर क्रिकेट टुर्नामेण्ट शुरु

अभिलाष गुप्ता
चैत २३ वीरगञ्ज

आजदेखि वीरगञ्जमा टु द भीआर क्रिकेट टुर्नामेण्ट शुरु भएको छ । सोसियल युथ युनिटी क्लबको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा शुरु भएको प्रतियोगिताको उदघाटन पर्सा क्रिकेट संघ क्यानका अध्यक्ष मनिष सिंह र प्रेस सेन्टर नेपालका मधेस प्रदेश अध्यक्ष नीरज पिठाकोटे मगरले गरेका थिए ।क्लबका अध्यक्ष विक्की मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियोे।

प्रतियोगितामा मुरली स्ट्राइकर्स, मुरली इलेभेन स्टार्स, मुरली नाईट राईडर्स, आरआर हार्डवेयर, ब्रेभ रिबेल्स र एमएसीएस बीआरजे गरी महानगरपालिकाको विभिन्न वडाका छ वटा टिमले भाग लिएको आयोजकले जनाएको छ । यसैबीच आजको उदघाटन खेल ब्रेभ रिबेल्स र मुरली नाईट राइडर्सबीच भएको छ । उदघाटन खेल मुरली नाईट राईडर्सले ४० रनले जितेको छ ।

१६ ओभरमा खेलाईएको खेलमा टस जितेर पहिले बलिङ रोजेको ब्रेभ रिबेल्सलाई मुरली नाईट राईडर्सले १४.३ ओभरमा सबै विकेट गुमाएर १०७ रनको योगफल तयार पारेको थियो । मुरलीले दिएको १०८ रनको लक्ष्य ब्रेभ रिबेलले १०.५ ओभर खेल्दै ६७ रनमा सबै विकेट गुमाएको थियोे।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM