२०८३ बैशाख २८ गते सोमबार

६ किलो लागुऔषध अफिम जस्तो देखिने पदार्थ सहित १ जना पक्राउ

 

अभिलाष गुप्ता
बैशाख ०७ बिरगंज

इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर उप महानगरपालिका वडा नं. १९ नेवारपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा चितवन बाट हेटौडा तिर आउँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं. को यात्रुबाहक बसमा सवार भई आएका जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने बर्ष २५ को बाबुराम तामाङलाई शंका लागी खानतलासी गर्दा निजले बोकेको झोला भित्र लुकाई छिपाई तिन वटा पोकामा ५ किलो ९४० ग्राम लागुऔषध अफिम जस्तो गिलो पदार्थ फेला परेको छ।

लागुऔषध अफिम जस्तो गिलो पदार्थ सहित बाबुराम तामाङलाई इलाका प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। पक्राउ परेका लाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ला.औ.कसुर मुद्धामा ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी गराईएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM