अभिलाष गुप्ता
बैशाख २५ बिरगंज
बिरगंज, पर्सा भीषण गर्मीबाट सर्वसाधारण तथा यात्रुहरूलाई राहत प्रदान गर्ने उद्देश्यले शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले बिरगंजको प्रमुख व्यस्त स्थल घन्टाघर चौकमा निशुल्क चिसो पानी वितरण गर्ने भएको छ। यो सामाजिक कार्य यही आउँदो शनिबारको दिन सम्पन्न गरिनेछ।
प्रतिष्ठानको अध्यक्ष मुना कुमारी खनालको अध्यक्षतामा सम्पन्न बैठकबाट उक्त निर्णय गरिएको हो। बैठकमा सचिव लाल बाबु सिंह, सह सचिव अजित भुजेल, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय एवं सदस्यहरु जय कुमार दनुवार, शान्ति माली, नवराज भट्टराई, अभिलाष गुप्ता, शर्मा गोसाई, सुरेन्द्र कानु लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी सम्पूर्ण सदस्यहरूले संस्थाको सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी दिनहरूमा अझ प्रभावकारी र जनमुखी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
शैक्षिक सहिद मुकुन्द प्रसाद खनालको योगदानको स्मृतिमा स्थापित प्रतिष्ठानले समय-समयमा जनहितका गतिविधि सञ्चालन गर्दै आएको छ। उक्त कार्यक्रममार्फत घन्टाघर क्षेत्र भएर हिँड्ने पैदलयात्री, सवारी यात्री तथा सर्वसाधारणलाई तत्कालीन राहत प्रदान गरिने छ।
प्रतिष्ठानले आम जनतालाई कार्यक्रममा सहभागी भई चिसो पानीको सेवा लिन आग्रह गरेको छ।




















