२०८३ जेष्ठ २८ गते बिहीबार

वीरगन्ज नर्सिङ क्याम्पसलाई कांग्रेस सभापति जनार्दन सिंह क्षेत्रीको पहलमा फ्रिज र इलेक्ट्रिक हट ब्याग सहयोग

 

अभिलाष गुप्ता
वीरगंज जेठ ४

वीरगन्ज महानगरपालिका–४, वीर्तास्थित वीरगन्ज नर्सिङ क्याम्पसलाई एक थान फ्रिज (रेफ्रिजेरेटर) र २० थान इलेक्ट्रिक हट ब्याग सहयोग गरिएको छ।

नेपाली कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सरकारका कृषिमन्त्री जनार्दन सिंह क्षेत्रीको पहलमा नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाई समितिबाट उक्त सामग्री क्याम्पसलाई हस्तान्तरण गरिएको हो।

आईतबार एक विशेष कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्माको प्रमुख आतिथ्यमा नेविसंघ इकाई समिति सभापति सविना सुनारले क्याम्पस प्रमुख डा. कल्पना पौडेललाई फ्रिज र हट ब्यागहरू हस्तान्तरण गरेकी हुन्।

नेविसंघ पर्साका सभापति रमेश यादवका अनुसार सहयोग सामग्री विद्यार्थीहरूको शैक्षिक तथा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रदान गरिएको हो। कार्यक्रममा नेविसंघ पर्साका उपसभापति विक्रम पटेल लगायत क्याम्पसका विद्यार्थीहरूको पनि सक्रिय उपस्थिति रहेको थियो।

यस किसिमको सहयोगले शैक्षिक संस्थाको आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM