२०८३ जेष्ठ २८ गते बिहीबार

सेन्ट पिटर स्कुलमा किरण आँखा अस्पतालद्वारा निशुल्क आँखा परीक्षण शिविर सम्पन्न

 

अभिलाष गुप्ता
जेष्ठ ६, पर्सा

जितपुरस्थित सेन्ट पिटर स्कुलमा किरण आँखा अस्पतालद्वारा आयोजित निशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालका संचालक डा. अमर क्यालका अनुसार शिविरमा करिब ३५० जना विद्यार्थीको आँखा परीक्षण गरिएको थियो।

शिविरमा सहभागी विद्यार्थीहरूमध्ये ४५ जनामा रिफ्रेक्टिभ एरर (दृष्टिदोष) देखिएको र ती सबैलाई थप उपचारका लागि किरण आँखा अस्पतालमा रिफर गरिएको डा. क्यालले जानकारी दिनुभयो।

हालैका दिनहरूमा किरण आँखा अस्पतालले बाराका विभिन्न विद्यालयहरूमा निरन्तर रूपमा यस्ता निशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको छ। यस प्रकारका शिविरले बालबालिकाको दृष्टि स्वास्थ्यको समयमै जाँच र उपचार गर्न सहयोग पु¥याउने विश्वास अभिभावक र शिक्षकहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM