अभिलाष गुप्ता
बीरगंज ११ जेष्ठ
रोटरी क्लब अफ बीरगंजको आयोजनामा रोटरी महावीर जयपुर लिम्ब रिहाबिलिटेशन सेन्टरको सहयोगमा पर्सा र बाराका दुई अपाङ्ग महिलाहरुलाई निःशुल्क कृत्रिम खुट्टा प्रदान गरिएको छ।
रोटरी क्लब अफ बीरगंजका अध्यक्ष निर्मल खत्रीका अनुसार, क्लबले सञ्चालन गरेको मानवसेवा अभियान अन्तर्गत पर्सा जिल्लाकी रिया कुमारी र बाराकी श्रीमती उर्मिला देवीलाई प्रति खुट्टा सोलह हजार नेपाली रुपैयाँ बराबरको लागतमा निर्मित कृत्रिम खुट्टा निःशुल्क प्रदान गरिएको हो।
संस्थाका सचिव राकेश मिश्राले समाजसेवी, चिकित्सक, व्यापारी लगायत विभिन्न क्षेत्रका विज्ञहरूको निरन्तर सहयोगले संस्थाले यस्ता सेवा कार्यक्रमहरू नियमित सञ्चालन गर्दै आएको जानकारी दिए।
रोटरी क्लब अफ बीरगंजका ५६ जना सदस्यहरु सक्रिय रुपमा सामाजिक सेवामा समर्पित छन्।
Post Views: 177









