२०८३ भाद्र २५ गते बिहीबार

कवेष्ट फर्मास्युटिकल्सको २५ औँ वार्षिकोत्सव तथा विश्वकर्मा पूजाको अवसरमा वृहत् रक्तदान: १०७ पिन्ट रगत संकलन

 

वीरगञ्ज कवेष्ट फर्मास्युटिकल्स प्रा. लि. ले आफ्नो स्थापनाको २५ औँ वार्षिकोत्सव तथा श्री विश्वकर्मा पूजा २०८३ को शुभ अवसरमा आज मिति २०८३ भाद्र २४ गते वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र वीरगञ्जको प्राविधिक सहयोगमा कम्पनीको छातापिपरास्थित कारखाना परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आयोजना गरिएको यस पुनित कार्यमा कम्पनीका कर्मचारीहरूको आत्मीय एवं उत्साहजनक सहभागिता रहेको थियो। सामाजिक सेवाको भावनाले ओतप्रोत भई सम्पन्न यस कार्यक्रममा कुल १०७ पिन्ट रगत संकलन भएको छ।

कम्पनीको २५ औँ वर्ष प्रवेश (रजत जयन्ती) र विश्वकर्मा पूजाको विशेष दिनलाई थप अर्थपूर्ण बनाउन तथा स्थानीय स्तरमा हुने रगतको आवश्यकतालाई सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कम्पनीका प्रतिनिधिहरूले जनाएका छन्। संकलित रगतले बिरामीहरूको जीवन रक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास रक्त सञ्चार केन्द्र वीरगञ्जले व्यक्त गर्दै आयोजकप्रति आभार प्रकट गरेको छ।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM