२०८२ मंसिर २६ गते शुक्रबार

वीरगंज महानगरपालिकाले तरकारी बजार सार्ने तयारी

 

अभिलाष गुप्ता
जेष्ठ १२ बिरगंज

वीरगंज महानगरपालिकाले घण्टाघर नजिकै रहेको बी.पी. उद्यानस्थित तरकारी बजारलाई अन्यत्र सार्ने तयारी अघि बढाएको छ। महानगरले उक्त बजारलाई वडा नम्बर २, छपकैयाँस्थित रेल्वे रोडसँग जोडिएको करिब ३२ कट्ठा क्षेत्रफलमा विस्तार गर्न लागेको हो।

यस स्थानान्तरणको उद्देश्य घण्टाघर क्षेत्रको सौन्दर्यकरण र ट्राफिक व्यवस्थापन सुधार गर्नु रहेको जनाइएको छ। नयाँ स्थानमा पर्याप्त स्थान, पार्किङको सुविधा र व्यवस्थित पूर्वाधार रहने भएकाले व्यापारीहरूलाई समेत सहज हुने अपेक्षा गरिएको छ।

महानगर स्रोतका अनुसार स्थानान्तरणका लागि आवश्यक प्राविधिक अध्ययन र योजनाहरू तयार पार्ने प्रक्रिया तीव्र गतिमा अघि बढाइएको छ। यो निर्णयले वीरगंजको सहरी विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM