२०८२ माघ ११ गते आईतवार

सशस्त्र प्रहरी बल पर्साद्वारा १०लाख ८४हजार भन्दा बढीको अवैध समान बरामद

 

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महा.नगरपालिका अन्तर्गतका विभिन्न स्थानहरुबाट भारतबाट नेपाल र नेपालबाट भारततर्फ भन्सार छली लुकाई छिपाई चोरी पैठारी तथा निकासी गरी विभिन्न माध्यमबाट लैजाँदै र भित्र्याउँदै गरेको अबस्थामा मूल्य रु. ८,३७,१२०।- बराबरको विभिन्न सामानहरु सहित दुई थान मोटरसाईकल, किराना, समान तयारी कपडा, मोवाईल पार्ट्स, मोटर पार्ट्स, फलफूल, मदिरा आदि सामानहरु अवैध रुपमा ओसारपसार गर्न प्रयोग गरिएका मोटरसाइकलहरु सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

साथै आजकै मितिमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलिले अलौ तथा कोनिया ईलाकाबाट रु. १,लाख १८हजार २ सय-बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
वि.ओ.पि.प्रसौनिभाठा र बि.ओ.पि. सिर्सियाबाट खटिएको टोलिले पनि रु.१,२८,८७०।- बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। शसस्त्र प्रहरी बल पर्साका सुचना अधिकारी तथा शसस्त्र प्रहरी नायब उपरीक्षक
देबेन्द्र बहादुर सिँह द्धारा जानकारी

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM