अभिलाष गुप्ता
वीरगंज,१२ जेष्ठ
अग्रवाल महिला मञ्च, वीरगंजको दोस्रो इन्स्टलेशन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मञ्चले आफ्नो पहिलो वर्ष अत्यन्त सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै नयाँ कार्यसमितिको घोषणा गरियो।
सन् २०२५ का लागि गठित नयाँ कार्यसमिति यस प्रकार रहेको छ अध्यक्ष पदमा नूतन सरावगी,उपाध्यक्ष पदमा कविता खेतान,सचिव पदमा श्वेता गुप्ता,कोषाध्यक्ष पदमा नैंसी अग्रवाल,सलाहकारमा मीरा खेतान र रेनू अग्रवाल रहेकि छिन।
गत वर्ष मञ्चले सदस्यहरूको सक्रिय सहभागिता र उत्कृष्ट टिमवर्कमार्फत विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको थियो। सामाजिक, सांस्कृतिक तथा सेवामूलक गतिविधिहरूमा अग्रवाल महिला मञ्चको योगदान सराहनीय रहँदै आएको छ।
नयाँ कार्यसमितिले आगामी दिनमा पनि समुदायका हितमा प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
























