२०८२ मंसिर २६ गते शुक्रबार

१२ किलो चाँदीसहित कलैयाका युवक काठमाडौंमा पक्राउ

 

अभिलाष गुप्ता
बिरगंज, जेष्ठ १३

काठमाडौंको नागढुंगाबाट १२ किलोभन्दा बढी चाँदीसहित बाराका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–४ निवासी ३२ वर्षीय अनिषकुमार सिंह रहेका छन्।

सोमबार राति वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा.प्र ०१–००३ ख ३७०१ नम्बरको यात्रुबाहक बसलाई चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा प्रहरी चेकप्वाइन्टमा रोकेर जाँच गर्दा सिंहले लुकाएर ल्याएको चाँदी फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार सिंह बसका सहचालक समेत रहेका थिए। चेकजाँचको क्रममा उनले बसमा लुकाएर राखेको १२ किलो १७६ ग्राम चाँदी बरामद गरिएको हो। बरामद चाँदीमा सिक्री, चन्द्रमा, पाउजुलगायतका गहना परेका छन्।

हाल सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अवैध रूपमा चाँदी ओसारपसारको आशंकामा थप कानुनी प्रक्रिया अघि बढाइएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM