२०८३ असार २९ गते सोमबार

जितपुरको न्यु एकता विद्यालयमा आँखा शिविर सम्पन्न, ६ सय विद्यार्थीको परीक्षण

 

अभिलाष गुप्ता
पर्सा, जेष्ठ १३

बाराको जितपुरमा अवस्थित न्यु एकता माध्यमिक विद्यालयमा किरण आँखा अस्पतालद्वारा आयोजित एक दिवसीय आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविर आज बिहान ९ बजे सुरु भई साँझ ४ बजे सम्पन्न भएको हो। शिविरमा विद्यालयका करिब ६ सय विद्यार्थीको आँखाको परीक्षण गरिएको किरण आँखा अस्पतालका संचालक डा. अमर क्यालले जानकारी दिए।

परीक्षणका क्रममा २७ जना विद्यार्थीको आँखामा सामान्य समस्या देखा परेको बताउँदै डा. क्यालले ती विद्यार्थीको थप उपचार अभिभावकसँगको सहकार्यमा किरण आँखा अस्पतालमै गरिने जानकारी दिए।

शिविरले बालबालिकाको आँखाको स्वास्थ्यप्रति सचेतना बढाउने र समयमै उपचार सुनिश्चित गर्ने उद्देश्य राखेको थियो। विद्यालय र अभिभावकहरूले यस्तो स्वास्थ्य कार्यक्रमप्रति आभार व्यक्त गरेका छन्।

























प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM