अभिलाष गुप्ता
बिरगंज, १४ जेष्ठ
बिरगंज महानगरपालिका वडा नम्बर १५ अन्तर्गत लक्षमनवा टोलमा निर्माणाधीन फारुखे आजम मस्जिदको छाना ढलान सम्पन्न गरिएको छ। मस्जिदको ढलान कार्यको सुरुवात बिरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले मसला राखी औपचारिक रूपमा आरम्भ गर्नु भएको थियो।
उक्त मस्जिदको ढलान सम्पन्न भएको देखेर स्थानीय बासिन्दा अत्यन्तै खुसी भएका छन्। मस्जिदको निर्माण कार्यप्रति उत्साहित लक्षमनवा टोलवासीहरूले उप–प्रमुख आलमलाई विशेष धन्यवाद दिएका छन्। स्थानीयहरूको भनाइ अनुसार उप–प्रमुख आलमको यस कदमले समुदायमा धार्मिक तथा सामाजिक एकता थप सुदृढ बनाएको छ।
स्थानीय बासिन्दाले उप–प्रमुख आलमप्रति विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि लक्षमनवा क्षेत्रको विकासका लागि ठूला योजनाहरू आउने अपेक्षा गरेका छन्। उप–प्रमुख आलमले पनि समुदायसँग काधमा काध मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै भने, “जहिले तपाईंहरूलाई मेरो आवश्यक परेको खण्डमा निःसंकोच सम्पर्क गर्नुहोस्, तपाईंहरूको समस्या समाधान गर्न म सदैव तयार छु।”
फारुखे आजम मस्जिदको निर्माणले धार्मिक सहिष्णुता र सामाजिक समृद्धिमा टेवा पुर्याउने विश्वास स्थानीयले लिएका छन्।

















