२०८२ फाल्गुन ५ गते मंगलवार

“मारवाडी प्रिमियर लीग २०२५” को रोमाञ्चक फाइनल सम्पन्न – वीरगंज बाशर्स विजयी

 

अभिलाष गुप्ता
जेष्ठ १४, वीरगंज

सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजित “मारवाडी प्रिमियर लीग (एमपीएल) २०२५” अन्तर्गतको फाइनल खेल बुधबार वीरगंजमा उत्साहजनक वातावरणमा सम्पन्न भयो। ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको प्रस्तुतिमा र मारवाडी युवा मञ्च, वीरगञ्जको सह-आयोजनामा आयोजना गरिएको यो प्रतियोगिता हाल वीरगञ्जको एक महत्वपूर्ण खेल महोत्सवका रूपमा स्थापित हुँदै गएको छ।कार्यक्रम प्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिस्पर्धात्मक फाइनलमा टाइटन ११ र वीरगंज बाशर्स आमनेसामने भिडेका थिए। पहिलो ब्याटिङ गर्दै टाइटन ११ ले १० ओभरमा ७५ रनको योगफल खडा गर्‍यो। जवाफमा वीरगंज बाशर्सले मात्र ४ विकेट गुमाउँदै ८ ओभरमै ७८ रन बनाउँदै ६ विकेटको सहज जित हात पार्‍यो।

खेलपछिको पुरस्कार वितरण समारोह विशेष आकर्षणको केन्द्र बन्यो। समारोहमा प्रमुख अतिथिको रूपमा वीरगंज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाईं, शस्त्र प्रहरीका प्रतिनिधि राधेश्याम धिमाल, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, तथा वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्णको समेत उपस्थिति रहेको थियो।

विजेता **वीरगंज बाशर्सलाई ट्रफीसहित नगद रु. २ लाख ५१ हजार राशिको चेक एवं शिल्ड प्रदान गरिएको थियो। साथै,
एवं दोस्रो हुने लाई २ लाख राशिको चेक प्रदान गरिएको थियोे।
“म्यान अफ द म्याच” तथा उत्कृष्ट खेलाडीलाई रु. २१ हजार को नगद पुरस्कारले सम्मान गरिएको थियो।

प्रतियोगिताको फाइनल खेलमा स्थानीय सर्वसाधारण, खेलप्रेमी, सामाजिक अभियन्ता र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। सम्पूर्ण खेल अवधिभर दर्शकदीर्घा उत्साहले भरिएको देखिन्थ्यो, जसले प्रतियोगिताप्रतिको जनचासो झल्काउँछ।

आयोजक मण्डलका अनुसार यस्तो किसिमको प्रतियोगिता युवा पुस्तामा खेलप्रतिको आकर्षण र प्रतिभा विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको हो। “क्रिकेटमार्फत सामाजिक एकता र सकारात्मक ऊर्जा प्रवाह” गर्ने सोचसाथ आयोजित एमपीएललाई आगामी दिनमा अझ बृहत रूपमा आयोजना गर्ने योजना रहेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM