अभिलाष गुप्ता
जेष्ठ १७ बिरगंज
“विश्व एकता र विश्वासको लागि ध्यान” भन्ने मूल नाराका साथ आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको आयोजनामा ध्यान योग छाता कार्यक्रम क्षेत्रीय रूपमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रारम्भ प्रमुख अतिथि एवं विशिष्ट अतिथिहरू द्वारा पानसमा दीप प्रज्वलन गरी गरिएको थियो, जसले कार्यक्रमलाई आध्यात्मिक ऊर्जा र शान्तिको सुरुवात प्रदान गर्यो।
यो कार्यक्रम नेपालभर एकैसाथ काठमाडौं, पोखरा, वीरगंज लगायतका विभिन्न स्थानहरूमा अन्तर्राष्ट्रिय स्तरमा घोषित ‘ध्यान योग अभियान’ अन्तर्गत एकै दिन क्षेत्रीय शुभारम्भ स्वरूप सम्पन्न भएको हो।

समारोहको नेतृत्व र सहभागिता
कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजकी प्रमुख सञ्चालिका बीके. रबिना दिदीले गर्नुभयो।प्रमुख अतिथिको रूपमा कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वमन्त्री रमेश रिजालले उपस्थिति जनाउनुभएको थियो।
विशिष्ट अतिथिका रूपमा सहभागीहरू:
बीके. गुणराज भाई जी – ब्रह्माकुमारी यातायात एवं पर्यटन प्रभाग नेपालका केन्द्रीय संयोजक,श्रीमती मधु राणा – नेपाल रेडक्रस सोसाइटी वीरगंजकी उपाध्यक्ष,उषा साह देवी – समाजसेवी,ओमप्रकाश गुप्ता, प्रकाश थारु, प्रेम बहादुर थापा – सामाजिक अगुवाश्रवणबहादुर रायमाझी सामुदायिक प्रहरी, कुम्हालटोलका सचिव,बीके. मिना दिदी ब्रह्माकुमारी सेवा केन्द्र, कलैयाबाट,
बीके. आकाश भाई, बीके. गोमा दिदी, बीके. छोटेलाल जी – मुम्बईबाट आगमन गोबर्धन भाई, गोकुल गुबाजु लगायत
कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजका पदाधिकारी, सदस्यहरू र सर्वसाधारण गरी उल्लेखनीय उपस्थिति देखिएको थियो।कार्यक्रमको सञ्चालन बीके. गोमा दिदीले गर्नुभएको थियो भनेस्वागत मन्तव्य बीके. बेलि दिदीले राख्नुभएको थियो।
ध्यान योग: आत्मपरिवर्तनबाट विश्व परिवर्तनतर्फ
कार्यक्रममा वक्ताहरूले ध्यान, योग र आध्यात्मिक साधनाका माध्यमबाट आत्मिक शुद्धता, मानसिक शान्ति र जीवनको सकारात्मक परिवर्तन सम्भव हुने कुरामा जोड दिनुभयो।

उहाँहरूका अनुसार:
“आत्मा शुद्ध र सन्तुलित भएपछि समाजमा एकता, विश्वास र शान्ति स्थापित हुन्छ। आध्यात्मिक अभ्यास नै दीगो समाधान हो।”
ध्यान योग कार्यक्रमले व्यक्तिको अन्तरचेतनामा उज्यालो ल्याई सामाजिक रूपान्तरणको मार्ग खोल्ने उद्देश्य राखेको छ।
अन्तर्राष्ट्रिय सन्देश र स्थानीय सक्रियता
ब्रह्माकुमारी संस्था विश्वभरका ११० भन्दा बढी देशहरूमा आध्यात्मिक चेतना फैलाउने कार्यमा समर्पित संस्था हो।
नेपालका विभिन्न शहरमा आज एकैपटक सम्पन्न यस क्षेत्रीय शुभारम्भ कार्यक्रममार्फत “विश्व एकता र विश्वासका लागि ध्यान” भन्ने सन्देशलाई अझ गहिरो बनाइएको छ।
वीरगंजमा सम्पन्न कार्यक्रम अत्यन्त शान्त, अनुशासित र प्रेरणादायक वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।



















