२०८२ मंसिर २६ गते शुक्रबार

सिमरामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले गरे रगतदान

 

अभिलाष गुप्ता
जेष्ठ १७ बारा

रक्त अभावको बढ्दो समस्यालाई मध्यनजर गर्दै कोसेली युथ क्लब, जितपुर सिमरा–२, बाराको आयोजनामा आज आकस्मिक रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम सिमरा हुलास मेन गेट अगाडि आयोजना गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी वीरगंज, पर्साका प्राविधिक मनिष गुप्ताको सहयोगमा सम्पन्न कार्यक्रममा कुल ४० जनाले रक्तदान गरेका छन्, जसमा ३६ जना पुरुष र ४ जना महिला सहभागी थिए।

रक्तदातामध्ये काजल ङगोल, रेबिका बस्नेत, सुनिल कुमार गुप्ता, सुदिप कार्की, राम श्रेष्ठलगायतले आफ्नो अमूल्य रगत दान गरेका थिए।

कोसेली युथ क्लबका अनुसार उक्त कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्व र मानव सेवाप्रतिको चेतना फैलाएको छ। साथै, यसले विभिन्न स्वास्थ्य संस्थामा उपचाररत बिरामीहरूलाई आवश्यक रक्तको आपूर्तिमा समेत महत्वपूर्ण टेवा पुर्‍याएको छ।

संस्थाले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM