अभिलाष गुप्ता
वीरगञ्ज १७ जेष्ठ
वीरगञ्ज महानगरपालिका–४ स्थित भगवती टोलमा सक्रिय “भगवती युवा क्लब” को आज शनिबार औपचारिक रूपमा पुनर्गठन गर्दै नयाँ कार्यसमिति गठन गरिएको छ। क्लबको अध्यक्ष पदमा सुमित पटेल चयन भएका छन्।
नवगठित कार्यसमितिमा ऐजाज अख्तर उपाध्यक्ष, दिपेश सिंह सचिव, इमरान मियाँ सहसचिव, आकास भट्टराई कोषाध्यक्ष, अभिषेक वर्णवाल सह–कोषाध्यक्ष चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा सार्दुल भट्टराई, बिराट सिंह, सिसास थापा, रोसन गोसाई, आदित्य बानियाँ, विवेक थापा, विकास खनाल, अमन भट्टराई, पप्पु महतो तथा महिला सदस्यका रूपमा छबी सरार्फ र कविता देवी रहेका छन्।
कार्यक्रममा वरिष्ठ समाजसेवी तथा क्लबका संस्थापक सल्लाहकार श्री प्रकाश उपाध्यायले नव निर्वाचित कार्यसमितिलाई टिका र खादा ओढाएर बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गरेका थिए।
सो अवसरमा मनोकामना माध्यमिक विद्यालयका संस्थापक पुरण प्रधान, मुनलाईट माध्यमिक विद्यालयका संस्थापक श्याम के.सी., प्रिन्सिपल सुलभ के.सी., अधिवक्ता प्रज्ज्वल अधिकारी, टोल सुधार समितिका अध्यक्ष विपद गोसाई, समाजसेवी नगीया देवी, पवन श्रेष्ठ, पूर्व अध्यक्ष गणेश लामा, नव निर्वाचित उपाध्यक्ष ऐजाज अख्तर, सदस्य सार्दुल भट्टराई तथा वडा सदस्य शर्मा गोसाईले समेत शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन निवर्तमान उपाध्यक्ष रहेका नव निर्वाचित अध्यक्ष सुमित पटेलले गरेका थिए।
क्लबले युवाहरूलाई सामाजिक सेवामा सक्रिय बनाउने उद्देश्यसहित विभिन्न क्षेत्रीय गतिविधि सञ्चालन गर्दै आइरहेको छ। नवगठित कार्यसमितिले आगामी दिनमा समुदाय–केन्द्रित कार्यक्रममार्फत टोलको समुन्नतिका लागि योगदान दिने प्रतिबद्धता जनाएको छ।



















