अभिलाष गुप्ता
वीरगंज,१८ जेष्ठ
वीरगंजस्थित एन्जल वर्ड विद्यालयले विशेष ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। अंग्रेजी भाषाको प्रयोग, अनुशासन, पठनपाठनमा उत्कृष्टता देखाएका तथा शिक्षण क्षेत्रमा सुधार ल्याएका विद्यार्थीहरूलाई विद्यालयले सम्मानस्वरूप ब्याच बितरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले विद्यार्थीहरूलाई ब्याच वितरण गर्दै शुभकामना व्यक्त गरे। उनले विद्यार्थीहरूलाई राष्ट्रको भविष्यका रूपमा उल्लेख गर्दै यस्ता कार्यक्रमले उनीहरूमा आत्मविश्वास र प्रेरणा थप्ने विश्वास व्यक्त गरे। साथै, विद्यालयको अनुशासित वातावरण र शैक्षिक गतिविधिहरूको प्रशंसा गर्दै विद्यालय परिवारलाई धन्यवाद दिए।
नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईले विद्यालयले गुणस्तरीय शिक्षामा निरन्तरता दिँदै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच र उर्जा उत्पन्न गर्ने बताए।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका लोक्राज भट्ट,देवेश मानवसेवा,महेश सिंह धामी,स्कुलका सञ्चालक रामराज श्रेष्ठ,सञ्चारकर्मी अभिलाष गुप्ता लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
विद्यालयका प्रबन्ध निर्देशक पबित्रा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक माटिन मिक्तानले गरेका थिए। निर्देशक प्रधानले प्रत्येक वर्ष नियमित रूपमा ब्याच वितरण गर्दै आएको उल्लेख गर्दै यस वर्षको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई आभार व्यक्त गरे।









