२०८२ पुष १ गते मंगलवार

साउथजोन माध्यमिक विद्यालयमा स्वास्थ्य जाँच शिविर दोस्रो दिन पनि जारी

 

अभिलाष गुप्ता
बीरगंज,१९ जेष्ठ

बीरगंज महानगरपालिका वडा नम्बर १३ स्थित राधेमाई नजिक रहेको साउथजोन माध्यमिक विद्यालयमा सञ्चालित स्वास्थ्य जाँच शिविर दोस्रो दिन पनि निरन्तर रुपमा सञ्चालन भइरहेको छ। विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्मका करिब १८०० विद्यार्थीहरूको स्वास्थ्य परीक्षण कार्यक्रम विद्यालय परिसरमै जारी रहेको छ।

उक्त शिविरमा डा. सुशील साह, डा. मुकुन्द जैसवाल र डा. वेद प्रकाश कुशवाहाको नेतृत्वमा स्वास्थ्य परीक्षण भइरहेको छ। विद्यार्थीहरूको स्वास्थ्य अवस्थाबारे सम्पूर्ण जानकारी अभिभावकलाई उपलब्ध गराउने उद्देश्यसहित शिविर सञ्चालन गरिएको हो।

विद्यालयका प्रिन्सिपल सरोज प्रसाद चौधरीले शिक्षा सँगै विद्यार्थीहरूको स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। उनले भने, “विद्यार्थीहरू स्वस्थ रहे मात्र पढाइ, खेलकुद तथा सिर्जनात्मक सोचमा सक्रिय हुन सक्छन्। त्यसैले विद्यालयले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिँदै आएको छ।”

शिविरको माध्यमबाट विद्यार्थीहरूको प्रारम्भिक स्वास्थ्य अवस्था पत्ता लगाइ उपचारतर्फ अभिमुख गराउने लक्ष्य राखिएको छ। साथै, यस्तो कार्यक्रमले अभिभावकहरूलाई पनि आफ्ना बालबालिकाको स्वास्थ्य अवस्थाबारे सहज जानकारी पाउने अवसर प्राप्त भएको प्रिन्सिपल चौधरीले बताए।

शिक्षा क्षेत्रमै उल्लेखनीय योगदान पुर्‍याउँदै आएको साउथजोन माध्यमिक विद्यालयले यस प्रकारका अतिरिक्त कार्यक्रमहरूमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM