२०८२ पुष १ गते मंगलवार

श्रोत नखुलेको १२ लाख रुपैयाँ सहित २ जना पक्राउ

 

अभिनाश अधिकारी
जेठ १९, वीरगन्ज

जिल्ला प्रहरी कार्यालय पर्साले श्रोत नखुलेको १२ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं २ का २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत विहार जिल्ला बेतीया बकुलहरका १९ वर्षीय सत्यम कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जानकारी दिएका छन ।

वीरगञ्ज महानगरपालिका वडा नं २१ स्थित परवानीपुर चौकमा मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको मोटरसाईकल चेक गर्दा उनीहरुको साथबाट कालो रंगको ब्यागभित्र लुकाइ छिपाई राखिएको नेपाली एक हजार दरका नोट ७ सय ७१ थान गरी रु ७ लाख ७१ हजार र ५ सय दरका ८ सय ५८ थान नोट गरी रू ४ लाख २९ हजार बरामद गरिएको प्रवक्ता लम्सालले जानकारी दिए।

प्रहरी चौकी परवानीपुर पर्साबाट खटिएको नियमित चेकिङ टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा नेपाली १२ लाख बरामद गरेको प्रहरीले जनाएको छ। मोटरसाइकल सहित दुबै जनालाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM