२०८२ मंसिर २६ गते शुक्रबार

संयुक्त विद्यार्थी संगठनले लामो समयदेखि तालाबन्दी अन्ततः मंगलबार बिहान खोलियो

 

अभिलाष गुप्ता
बिरगंज २० जेष्ठ

वीरगंज, पर्सा — नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विद्यार्थी भर्ना र मतदान गराएको आरोपमा गरिएको तालाबन्दी अन्ततः मंगलबार बिहान खोलिएको छ। संयुक्त विद्यार्थी संगठनले लामो समयदेखि विरोध जनाउँदै आएको ठाकुरराम बहुमुखी क्याम्पसमा अहिले छानबिन प्रक्रिया अघि बढ्ने भएको छ।

विद्यार्थी संगठनले क्याम्पसमा १८ जना विद्यार्थीको शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी गर्दै आएको थियो। यही सन्दर्भमा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालसहित विभिन्न सरोकारवालाहरूसँग चरणबद्ध छलफलहरू भएका थिए।

जेठ ४ गते, संगठनले आन्दोलनलाई थप चर्काउँदै क्याम्पस प्रमुखको कार्यालय, विद्यार्थी कल्याण शाखा तथा खेलकुद शाखामा ताला लगाएको थियो। सोही दिन विद्यार्थी नेताहरू श्याम गुप्ता, अनिस पटेल र सागीर अलीलाई प्रहरीले नियन्त्रणमा लिएर एक दिन हिरासतमा राखेको थियो।

निरन्तरको आन्दोलन र दबाबपछि शंकास्पद प्रमाणपत्रहरू छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित निकायमा पठाउने निर्णय भएपछि तालाबन्दी हटाइएको हो। विद्यार्थी नेता श्याम गुप्ताले जानकारी गराएअनुसार अब प्रमाणपत्र छानबिनको प्रक्रिया अघि बढ्नेछ, जसले यथार्थ तथ्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

संयुक्त विद्यार्थी संगठनले दोषी पत्ता लागेमा कानूनी कारबाहीको माग गर्दै आन्दोलन स्थगन गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM