अभिलाष गुप्ता
जेठ २१ पर्सा
जनमत पार्टीको बिरगंज स्थित पर्सा पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा पर्साका एक दर्जनभन्दा बढी सक्रिय महिलाहरूले पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। साथै, विभिन्न क्षेत्रका उत्साही युवाहरूले पनि पार्टी प्रवेशको सन्दर्भमा पार्टी नेतृत्वसँग भेटघाट तथा छलफल सम्पन्न गरेका छन्।
कार्यक्रममा जनमत पार्टीका वीरगंज अध्यक्ष एवं युवा नेता ओम प्रकाश सर्राफ, पार्टीकी नेतृ रम्भा मिश्रा तथा अन्य पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।
पार्टी प्रवेश गरेका महिलाहरूलाई पार्टीको तर्फबाट स्वागत गर्दै शुभकामना प्रदान गरिएको थियो। कार्यक्रमले स्थानीय स्तरमा जनमत पार्टीप्रतिको आकर्षण बढ्दै गएको संकेत दिएको नेताहरूको भनाइ छ।
जनमत पार्टीका अध्यक्ष सर्राफले नारी सहभागिता र युवाको सक्रियता पार्टीको संगठनात्मक बलको आधार भएको उल्लेख गर्दै आगामी दिनमा जनस्तरसँग अझ नजिक हुँदै पार्टी विस्तारलाई तीव्रता दिने प्रतिवद्धता व्यक्त गरे।









