२०८२ फाल्गुन ५ गते मंगलवार

सर्पमित्र मुरली वाले हौसला विषालु कोबरा सर्पको डसाइबाट गम्भीर, आईसीयूमा उपचाररत

 

 

भारत। हजारौँ सर्पको उद्धार गरी तिनीहरूको संरक्षणमा समर्पित सर्पमित्र मुरली वाले हौसलालाई सर्प रेस्क्यूको क्रममा एक अत्यन्त विषालु कोबरा प्रजातिको सर्पले डस्दा अवस्था गम्भीर बनेको छ। हाल उनी आईसीयूमा जीवन रक्षाको लागि उपचाररत छन्।

सर्प संरक्षण र उद्धारमा निरन्तर क्रियाशील रहेका हौसला भारतमा “सर्पमित्र”को नामले परिचित छन्। उनले अहिलेसम्म हजारौँ सर्पको ज्यान जोगाइसकेका छन्। यस्तै एउटा उद्धार प्रयासका क्रममा विषालु कोबरा सर्पले डसेपछि उनको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक भएको परिवारले जानकारी दिएको छ।

हाल उनलाई अस्पतालको आईसीयूमा राखेर चिकित्सकीय निगरानीमा राखिएको छ। चिकित्सकहरूले अवस्था गम्भीर भए पनि सम्भव सबै उपचार भइरहेको बताएका छन्।

उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनका समर्थक, शुभचिन्तक र सर्प संरक्षणकर्मीहरूले सामाजिक सञ्जालमा प्रार्थना गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM