२०८२ पुष १ गते मंगलवार

भारत विकास परिषद् रक्सौलद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न, पर्यावरण संरक्षणको सन्देश

 

रक्सौल, जेठ २२ – विश्व वातावरण दिवस २०८२ को अवसरमा भारत विकास परिषद् रक्सौल शाखाले सैनिक रोडस्थित चन्देल मार्केट अगाडि नहरको किनारमा वृक्षारोपण गर्दै वातावरण संरक्षणको सन्देश दिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित प्रखंड शिक्षा पदाधिकारी बृजेश कुशवाहालाई पुष्पगुच्छा र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यसपछि उनले बोट रोप्दै कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए। उनले भारत विकास परिषद्को यो प्रयासको मुक्त कण्ठले प्रशंसा गर्दै भने, “प्रकृतिको अन्धाधुन्ध दोहनले आज जलवायु परिवर्तन भयावह बनिसकेको छ। यो हाम्रो भविष्यका लागि खतरा हो।”

उनले तापक्रम वृद्धिले जंगलमा आगलागी, समुद्री क्षेत्रको जोखिम, असमय आँधी-तुफान र बाढी जस्ता समस्या बढ्दै गएको उल्लेख गर्दै अब पनि सचेत नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए। साथै उनले प्रत्येक व्यक्तिले पृथ्वीलाई हरियाली बनाउने अभियानमा योगदान दिनुपर्ने आवश्यकता औंल्याए।

परिषद्‌का सचिव डा. राजेन्द्र प्रसाद सिंह, मिडिया प्रमुख रजनीश प्रियदर्शी, वातावरण संयोजक विनोद कुमार तथा सुरेश धानोठियाले संयुक्त रूपमा कार्यक्रमको जानकारी दिँदै भने, “भारत विकास परिषद् अन्तर्गत देशभरिका शाखाहरूले आजको दिन वृक्षारोपणको माध्यमबाट पर्यावरण दिवस मनाइरहेका छन्।”

उनीहरूले “क्षितिज-जल-पावक-गगन-समीरा” जस्ता पाँच तत्वहरूसँग जीवनको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै भने, “विश्व वातावरण दिवस हामीलाई प्रकृतिप्रतिको जिम्मेवारी सम्झाउने संकल्प दिवस हो। दैनिक जीवनमा पनि हामीले प्रकृति संरक्षणलाई समेट्नुपर्छ।”

कार्यक्रममा संरक्षक अवधेश सिंहले “वृक्ष छन् भने जीवन छ” भन्ने सन्देश दिँदै सबैलाई वृक्षारोपणको संकल्प लिन आह्वान गरे। उनले भने, “यदि हामी पृथ्वी र भविष्यका पुस्तालाई सुरक्षित राख्न चाहन्छौं भने वृक्षारोपण अनिवार्य छ।”

कार्यक्रममा परिषद्का डा. राजेन्द्र प्रसाद सिंह, रजनीश प्रियदर्शी, सीताराम गोयल, अवधेश सिंह, राकेश कुशवाहा, सुनील कुमार, विजय कुमार, अजय कुमार, प्रशान्त कुमार, विमल सर्राफ, विनोद कुमार, सुरेश धानोठिया, राम एकबाल प्रसाद, विंध्याचल पाण्डे, आरोग्य भारतीका जिल्ला संयोजक वैकुण्ठ बिहारी सिंह, प्रमोद कुमार, सौरभ कुमार, प्रेम गुप्ता, मास्टर वेदांश लगायत थुप्रै नागरिकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको विस्तृत जानकारी परिषद्का मिडिया प्रमुख रजनीश प्रियदर्शीले दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM