२०८२ पुष १ गते मंगलवार

उपकार सेवा नेपालद्वारा भगवाननगर वृद्धाश्रममा मासिक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण

 

उपकार सेवा नेपालले आफ्नो नियमित सामाजिक सेवा अन्तर्गत अषाढ महिनामा पनि ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका, वृद्धवृद्धा, आमाबुवा तथा बालबालिकाहरुलाई आवश्यक खाद्यान्न र दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ।

संस्थाले आश्रमका १७ जना सदस्यको लागि ७५ किलो चामल (३ बोरा), १० किलो स्वाबिन (१ बोरा), १३ किलो चिउरा, ५ लिटर खानेतेल, ५ किलो चिनी, ४ किलो मिठाइ, १२ पिस नुहाउने साबुन, १२ पिस लुगा धुने साबुन, १/१ प्याकेट धुलो खुर्सानी, बेसार, धनियाँ, जीरा, साथै १० किलो नून लगायतका दैनिक आवश्यकता पर्ने सामग्रीहरूको व्यवस्थापन गरिएको हो।

सामग्री हस्तान्तरण गर्नका लागि आश्रमका सदस्य रामबहादुर थिङलाई विशेष कार्यक्रममार्फत बोलाइएर हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुको उपस्थितिमा सामानहरू थिङलाई हस्तान्तरण गरिएको हो।

संस्थाका अनुसार यस्ता सहयोग सामग्रीहरू प्रत्येक महिना निरन्तर रूपमा प्रदान गरिँदै आइरहेको छ। उपकार सेवा नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रका साथ सेवा कार्य गर्दै आएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM