२०८२ पुष १ गते मंगलवार

वृक्षारोपण कार्यक्रम चाइल्ड भिजन स्कुलका बालबालिकासँगै सम्पन्न

 

वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित भुटनदेबी नगवामा रहेको चाइल्ड भिजन स्कुलको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको आयोजनामा सम्पन्न कार्यक्रममा गमला तथा विद्यालयको आँगनमा विभिन्न प्रकारका विरुवा तथा रुखहरू रोपिएका थिए।

कार्यक्रमको अध्यक्षता लायन्स क्लबकी अध्यक्ष लायन सुशिला साहले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा लायन जोन चेयरपर्सन डा. लक्ष्मी थापा तथा विशिष्ट अतिथिका रूपमा लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे रहनुभएको थियो।

साथै क्लबकी उपाध्यक्ष लायन देवन्ती साह, सचिव लायन कविता खड्का तथा सदस्यहरू लायन अनामिका मिश्र, सुगन्धी कुशवाहा, सरिता सिंह, कमला भण्डारी लगायत विद्यालयका शिक्षक शिक्षिका तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य वातावरण संरक्षण तथा बालबालिकामा प्रकृतिप्रति मोह जागाउने रहेको आयोजकहरूले बताएका छन्। वृक्षारोपणपछि बालबालिकाहरूमाझ वातावरणीय सचेतनासम्बन्धी छोटो जानकारीसमेत दिइएको थियो।

“सफा र हरियो नगर, हाम्रो अभियान” भन्ने नाराका साथ सम्पन्न कार्यक्रमले वातावरण संरक्षणप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM