बेतिया लायन्स क्लबको २०२५–२०२६ कार्यकालको ६३औं पदस्थापन समारोह भव्य रूपमा मंडपम बैंक्वेट हलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा लायन्स क्लब अफ रक्सौलले गरिमामय सहभागिता जनाउँदै आफ्नो उपस्थिति दर्ता गराएको छ।
समारोहमा डिस्ट्रिक्ट ३२२ ई का गर्भनर लायन प्रदीप खेतान, GLT की पहिलो महिला डिस्ट्रिक्ट लायन रचना खेतान, जिल्ला क्याबिनेट सचिव लायन किशन बाजोरिया, पूर्व जिल्ला गर्भनरहरू लायन विजय अग्रवाल, संजय अवस्थी, नन्दा गर्ग, साथै GMT लायन इन्जिनियर नेहा एस. प्रसाद, GST लायन अंशु अवस्थी, लायन अशोक गर्ग लगायत अन्य पदाधिकारीहरू पटना जिल्लाबाट सहभागी भएका थिए।
नयाँ अध्यक्ष CA लायन नन्दन कुमार वर्मा, सचिव लायन प्रदीप कुमार र कोषाध्यक्ष लायन अर्जुन कुमारसहित सम्पूर्ण क्याबिनेट सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ दिलाइयो। साथै, क्लबको गौरवशाली परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको थियो। पदाधिकारीहरूलाई पुष्पगुच्छ र दोसाला प्रदान गरी सम्मान गरिएको थियो।
रक्सौल लायन्स क्लबको तर्फबाट अध्यक्ष तथा डिस्ट्रिक्ट इन्डो–नेपाल मिट समिति सह–अध्यक्ष लायन विमल सर्राफको नेतृत्वमा सचिव लायन मोहम्मद निजामुद्दीन, कोषाध्यक्ष लायन अमित कुमार, डिस्ट्रिक्ट जोन १९ का चेयरपर्सन तथा क्लब ‘मिशन सेतु’ चेयरपर्सन लायन शम्भू प्रसाद चौरसिया, क्लब लिडरशिप चेयरपर्सन लायन नारायण रुंगटा, प्रथम उपाध्यक्ष लायन प्रियांका सोनी, पूर्व क्लब प्रशासक लायन नूतन चौरसिया, क्लब प्रशासक लायन साइमन रेक्स, सह–कोषाध्यक्ष लायन राजन गुप्ता सहभागी भएका थिए।
समारोहमा नास्ता तथा स्वादिलो भोजनको उत्कृष्ट व्यवस्था गरिएको थियो।
कार्यक्रमको समापन लायनिज्मको प्रवर्द्धन गर्दै सामाजिक सेवामा अझ सक्रियता बढाउने संकल्पका साथ सम्पन्न गरिएको थियो।
यसको जानकारी क्लब अध्यक्ष तथा मिडिया प्रभारी लायन विमल सर्राफले पत्रकार सम्मेलनमार्फत दिएका थिए।









