मानिसले आफ्नो हृदयको भावलाई उत्तम–से–उत्तम बनाउनुपर्छ। हृदयको भाव उत्तम भएमा मानिसका सबै क्रियाकलाप आपैँm नै उत्तम बन्छन्। उक्त विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी एवं सामाजिक अभियन्ता लायन विमल सर्राफले पत्रकारहरूसँग साझा गरेका हुन्।
उनका अनुसार, यसको विपरीत, उत्तम–से–उत्तम कर्म पनि यदि भाव दूषित भयो भने न्यूनस्तरको बन्न पुग्छ। कुनै व्यक्तिले यज्ञ, दान, तप, देवताको पूजा आदि अनुष्ठान आफ्नो शत्रुलाई मार्ने वा दुःख दिने उद्देश्यले गरेमा ती यज्ञ, दान, तप, पूजा आदिको स्वरूप यद्यपि शास्त्रसम्मत भएर सात्त्विक भए पनि अरूको अनिष्ट गर्ने दुर्भावका कारण तामसी बन्छन्।
श्रद्धा, प्रेम, दया, क्षमा, शान्ति, समता, सन्तोष, सरलता, ज्ञान, वैराग्य, निर्भयता, आन्तरिक पवित्रता, निष्कामता आदि हृदयका उत्तम भावहरू हुन्। यी सबै आत्माको उद्धार गर्ने गुण हुन्। जस क्रियामा यी भावहरूको संगम हुन्छ, त्यो क्रिया पनि उत्तम–से–उत्तम बन्छ।
जब हामी अरूसँग व्यवहार गर्छौं, त्यतिबेला प्रेम, विनय, अहंकाररहितता, उदारता र निष्काम भावका साथ व्यवहार गर्नुपर्छ। मानिसको कर्तव्य हो कि आफ्नो प्रिय मित्रलाई खराब बाटोबाट रोक्दै राम्रो बाटोतर्फ लैजानु, उसका गुण उजागर गर्नु र अवगुणहरू लुकाउनु।
सबैभन्दा सर्वोत्तम भाव भनेको यो हो कि सबै कुरा परमात्माको स्वरूप हो। जसरी सपनामा मानिसले देखेको संसार उसको मनको संकल्पका कारण उसकै अङ्गभूत हुन्छ, त्यसरी नै यो सारा संसार परमात्माको संकल्पका कारण उनकै अङ्गभूत हो, अर्थात् ईश्वरकै स्वरूप हो। यस भावले हेर्ने व्यक्ति उच्चकोटिको मानिन्छ।
हामीले सधैँ सम्झनुपर्छ— सारा संसार एउटा परिवार हो। मानवताको सेवा नै ईश्वरको सच्चा आराधना हो।









