२०८३ श्रावण २० गते बुधबार

वीरगन्जको रानीघाटमा टायर बालेर प्रदर्शन गर्ने हिन्दू संगठनका चार युवा रिहा

अभिलाष गुप्ता
वीरगन्ज १६ साउन

सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएका चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोही दिन साँझ रिहा गरेको छ। पर्साको वीरगन्जस्थित रानीघाट चोकमा सडक अवरुद्ध गर्दै टायर बालेर प्रदर्शन गरिरहेका हिन्दू संगठनसँग आबद्ध चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सार्वजनिक स्थानमा टायर बाल्ने र सर्वसाधारणको आवगमन प्रभावित हुने गरी यातायात अबरुद्ध पारेको आरोपमा प्रहरीले उनीहरूलाई रानीघाट चोकबाटै नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरूमा स्थानीय रानीघाट निवासी प्रदीप सराफ र विकास साह लगायत चार जना रहेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको कमान्डमा खटिएको टोलीमा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगर र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराईसहितको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रहरी नियन्त्रणमा लिएका युवाहरूमाथि घटनाको प्रकृति, प्रदर्शनको कारण र संलग्नताबारे प्रारम्भिक अनुसन्धान तथा सोधपुछ पश्चात् जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरू सबैलाई आजै साँझ ५:०० बजे रिहा गरिदिएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM