२०८२ चैत्र २ गते सोमबार

जनकपुरबाट नेपाल टेलिभिजन र रेडियो नेपालको सेवा सुरु हुने

 

जनकपुरधाम, मधेस प्रदेश

 

मधेस प्रदेश सरकार सञ्चार क्षेत्रको विकासमा गम्भीर रहेको मुख्यमन्त्री सतिस कुमार सिंहले बताएका छन्। जनकपुरमा आयोजित एक विशेष कार्यक्रममा उनले प्रदेश सरकार सञ्चारकर्मी र सञ्चार क्षेत्रको उत्थानका लागि आवश्यक लगानी गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे।

मुख्यमन्त्री सिंहको भनाइ अनुसार, “सरकारी सञ्चारमाध्यमले नाफा–नोक्सानको आधारमा काम गर्नु हुँदैन। यसले निजी सञ्चारमाध्यमलाई हतोत्साहित गर्छ।”

यो अभिव्यक्ति उनले मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय र सार्वजनिक प्रसारण सेवा नेपालबीच भवन प्रयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा व्यक्त गरेका हुन्।

सम्झौताअनुसार, मधेस प्रदेश सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई जनकपुरमा आवश्यक भवन उपलब्ध गराउनेछ। यसको बदला स्वरूप, यी दुबै सरकारी सञ्चारमाध्यमले जनकपुरबाट औपचारिक रूपमा आफ्ना सेवा विस्तार गर्नेछन्।

कार्यक्रममा उपस्थित गृहमन्त्री राजकुमार लेखीले सरकारको तर्फबाट सम्झौतापत्रमा हस्ताक्षर गरे। उनले यो सम्झौता मधेस प्रदेशको सञ्चार क्षेत्रमा “नयाँ ऊर्जा थप्ने” उल्लेख गरे। मन्त्री लेखीले भने, “अब नेपाल टेलिभिजन र रेडियो नेपालका प्रसारणहरू जनकपुरमै मन्त्रालयको भवनबाट सुरु हुन गइरहेका छन्, जुन हामी सबैका लागि गर्वको कुरा हो।”

यस सम्झौताले प्रदेशको सञ्चार पहुँच विस्तार गर्नुका साथै स्थानीय तहको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM