२०८२ जेठ २ गते काठमाडौंमा बसेको संगठनको केन्द्रीय कार्यालयको बैठकले अध्यक्ष शम्भु कुमार सुमनको नेतृत्वमा गठन भएको १७ सदस्यीय पर्सा जिल्ला कमिटीलाई आधिकारिकता दिने निर्णय गरेको हो। यस निर्णयपछि महासचिव रोहित दाहालले पर्सा जिल्लाका अध्यक्ष शम्भु कुमार सुमन, उपाध्यक्ष सुभाष प्रसाद साह र केन्द्रीय सचिव वृजलाल पासवानलाई एक पत्र लेख्दै सोही अनुसार संगठनको काम गर्न आग्रह गरेका छन्।
यसअघि, पर्सा जिल्लामा नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा विवाद उत्पन्न भएको थियो। समाजवादी प्रेस संगठन नेपाल पर्साले सदस्यता वितरणमा पारदर्शिता र निष्पक्षता नदेखिएको भन्दै महासंघको पर्सा जिल्ला शाखामा तालाबन्दी गरेको थियो। यस विवाद समाधानका लागि केन्द्रीय नेतृत्वले वरिष्ठ उपाध्यक्ष नवराज छत्कुल्लीको संयोजकत्वमा एक विवाद व्यवस्थापन समिति गठन गरेको थियो। समितिको प्रतिवेदनको आधारमा पर्सा जिल्लामा अध्यक्ष शम्भु कुमार सुमनको नेतृत्वमा नयाँ कमिटीलाई आधिकारिकता प्रदान गरिएको हो।
यस निर्णयसँगै पर्सा जिल्लामा पत्रकारिता क्षेत्रमा एकता र समन्वयको वातावरण सृजना हुने अपेक्षा गरिएको छ।









