२०८२ फाल्गुन २३ गते शनिबार

पर्सा: भूमि आयोग कार्यालयमा वृहद् छलफल सम्पन्न, पर्सागढी नगरपालिकाका कर्मचारीसम्बन्धी निर्णयमा जोड

 

अभिलाष गुप्ता
पर्सा, १३ जेठ

 

भूमि आयोग पर्सा कार्यालयमा आज एक वृहद् छलफल सम्पन्न भएको छ। छलफलमा भूमि आयोग पर्साका प्रमुख तबरेज अहमद, प्रमुख कर्मचारीहरू, आयोगका सदस्य–सचिव राकेश झा, नापी अमिन राजकुमार बिस्वकर्मा, राम प्रमोद ठाकुर, राजेन्द्र खडकीलगायतका उपस्थितिमा महत्वपूर्ण विषयहरूमा विचार–विमर्श गरिएको हो।

छलफलको मुख्य एजेन्डा पर्सागढी नगरपालिकामा खटाइएका १५ जना कर्मचारीहरूको कार्यसम्पादन, जिम्मेवारी तथा खटाइएका कामहरूको प्रभावकारिता सम्बन्धी रहेको थियो। सहभागीहरूबीच ती कर्मचारीहरूको कार्यप्रगति, व्यवस्थापन तथा समायोजनका विषयमा स्पष्ट धारणा बनाइएको जनाइएको छ।

कार्यक्रममा पर्सागढी नगरपालिकाको कार्यपालिका बैठक पटक–पटक प्रयास गर्दा पनि बस्न नसकेको र सहरीकरण समितिको बैठक समेत अहिलेसम्म नबसेकोप्रति गम्भीर चासो व्यक्त गरिएको छ। यस विषयमा आयोगका पदाधिकारीहरूले पूर्ण विचार गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, खटाइएका कर्मचारीहरूलाई आवश्यकता अनुसार फिर्ता बोलाउने प्रस्तावमा समेत छलफल भएको छ।

भूमि आयोग पर्साका प्रमुख तबरेज अहमदले नगरपालिकामा देखिएको प्रशासनिक असहयोग र समन्वय अभावप्रति चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि आवश्यक पहल गरिने बताए।

छलफल सकारात्मक वातावरणमा सम्पन्न भएको र आगामी दिनहरूमा कर्मचारी परिचालन तथा सहकार्यको मोडालिटी सुधार गर्दै जाने निर्णय गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM