२०८२ फाल्गुन २६ गते मंगलवार

प्रेस सेन्टर पर्साद्वारा अभिमुखिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

 

अभिलाष गुप्ता
बिरगंज, जेष्ठ १५

 

प्रेस सेन्टर नेपाल, पर्सा शाखाको आयोजनामा स्वर्गीय पत्रकार कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवसको अवसरमा क्षमता अभिवृद्धि तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरि रहेका थिए। कार्यक्रममा प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्ती, केन्द्रीय प्रचार प्रसार सदस्य गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष निरज पिठोकोटे मगर, तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका सचिव दीपक गौतम विशेष अतिथि रूपमा उपस्थित थिए।

कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर नेपाल पर्सा अध्यक्ष शिवनाथ यादवले गर्नुभएको थियो।

कार्यक्रममा वक्ताहरूले स्व. कृष्ण सेन इच्छुकले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान स्मरण गर्दै अहिलेको पत्रकारिता चुनौतीपूर्ण भए पनि सचेत, निडर र जनमुखी पत्रकारिताको खाँचो अझ बढेको बताएका थिए। उनीहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, र पत्रकारको सुरक्षा जस्ता विषयमा गम्भीर ध्यान दिनुपर्ने कुरामा जोड दिए।

कार्यक्रमले सहभागी पत्रकारहरूलाई व्यावसायिक आचारसंहिता, स्रोतको सुरक्षा, तथ्यको पुष्टि, र जिम्मेवार पत्रकारिता विषयमा प्रशिक्षण दिने उद्देश्य राखेको थियो।

स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले पत्रकारिता पेसाको गरिमा अभिवृद्धि गर्ने र सशक्त संजाल निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM