२०८२ फाल्गुन २७ गते बुधबार

बारा नौतन चोकबाट मानसिक रूपमा कमजोर व्यक्तिको उद्धार

 

अभिलाष गुप्ता
वीरगञ्ज, १८ जेठ

बारा जिल्लाको नौतन चोकबाट एकजना मानसिक अवस्था कमजोर देखिएका पुरुषको उद्धार गरिएको छ। मानवसेवा आश्रम वीरगञ्ज शाखाले आइतबार दिउँसो २:३० बजे उक्त पुरुषलाई उद्धार गरी आश्रममा सुरक्षित राखेको हो।

उद्धार गरिएका अन्दाजी ४५ वर्षीय पुरुषले आफ्नो नाम ठाकुरजी बताउने गरेका छन्। उनलाई वीरगञ्जस्थित मानवसेवा आश्रममा लगिएको छ, जहाँ सरसफाइ तथा स्वास्थ्य परीक्षणपछि डा. भरत गोईज्यूको निगरानीमा औषधोपचार सुरु गरिनेछ।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता तथा अभिभावक प्रकाश थारु, इलाका प्रहरी कार्यालय पर्सौनीका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ, नगर प्रहरीका समसुल मिया धोबी तथा स्थानीय व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो।

मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा भेटिएका, मानसिक रूपमा असन्तुलित, असहाय तथा पीडित व्यक्तिहरूको उद्धार गर्दै सामाजिक जिम्मेवारी निर्वाह गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM