अभिलाष गुप्ता
जेष्ठ १९ बारा
बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५, ईटियाही – वडा नं. ५ मा विवाह भवनको शिलान्यास गरिएको छ। मधेस प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको कोषबाट करिब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने यस भवनको शिलान्यास वडा अध्यक्ष अमिरिलाल गुप्ताको विशेष पहलमा गरिएको हो।
शिलान्यास कार्यक्रममा प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) उपस्थित थिए। यस अवसरमा स्थानिय नेता धर्मदेव यादव, मनिर देवान, समाजसेवी कृष्णा साह, गोपिचन्द गुप्ता लगायत स्थानिय बासाि हरूको सहभागिता रहेको थियो।
वडा अध्यक्ष गुप्ताले भवन निर्माणका लागि केही वर्षदेखि अतिक्रमण गरी राखिएको जग्गा खाली गराइएको जानकारी दिनुभयो। उहाँका अनुसार, यस भवनले स्थानियवासीलाई विवाह र अन्य सामाजिक कार्यक्रमहरूको लागि उपयुक्त स्थान प्रदान गर्नेछ।
गाउँपालिका अध्यक्ष भुट्टोले पनि यस भवनको निर्माणलाई गाउँपालिकाको सामाजिक र सांस्कृतिक समृद्धिको दिशामा महत्वपूर्ण कदमको रूपमा मूल्याङ्कन गर्दै सबैको सहयोग र सहकार्यको आवश्यकता औंल्याउनुभयो।
भवन निर्माण कार्य चाँडै सुरु भइ समयमै सम्पन्न गरिने वडा अध्यक्ष गुप्ताले बताए।








