२०८२ चैत्र १८ गते बुधबार

वीरगंजमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न, ३५० बिरुवा रोपिए

 

अभिलाष गुप्ता
वीरगंज,२२ जेष्ठ

वीरगंज महानगरपालिका वडा नम्बर १७ स्थित आई.सि.पी. टर्निङ क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर १० को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब ३५० वटा विभिन्न जातका बिरुवाहरू रोपिएको छ।

कार्यक्रम राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति, भारतीय महावाणिज्य दूतावास वीरगंज र वीरगंज महानगरपालिकाको संयुक्त समन्वयमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता जयप्रकाश खेतानले गर्नुभएको थियो भने प्रमुख अतिथि भारतीय महावाणिज्य दूतावास वीरगंजका प्रमुख डी.एस. मिना रहनुभएको थियो।

कार्यक्रममा नगर प्रहरी प्रमुख हरि भुसाल, शस्त्र प्रहरीका डिएसपी देवेन्द्र सिंह, महानगरपालिकाका सरसफाइ अधिकृत सर्फुदिन मियाँ, वातावरण शाखाका प्रकाश ऐर, आमोदीन हवारी, समाजसेवी बसन्त प्रसाद उपाध्याय, प्रेम राम, प्रहरी निरीक्षक प्रदीप गोले, तथा सामुदायिक प्रहरी र सेवा केन्द्रका पदाधिकारीहरू लगायत सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजक संस्थाहरूले हरियाली प्रवर्द्धन गर्दै वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM