अभिलाष गुप्ता
बिरगंज २२ जेष्ठ
वीरगंज, पर्सा — एलाईड युथ सोसाइटी वीरगंजको आयोजनामा विश्व वातावरण दिवस २०८२ को अवसरमा एक भव्य अन्तरविद्यालय वकृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। सो कार्यक्रम वीरगंजस्थित मधेश विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल रहनुभएको थियो भने विशिष्ट अतिथिहरूमा मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, सशस्त्र प्रहरी बलका प्रमुख राधेश्याम धिमाल, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, सञ्चारकर्मी अभिलाष गुप्ता तथा एलाईड युथ सोसाइटीका संस्थापक अध्यक्ष ओम कुमार झा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता एलाईड युथ सोसाइटी वीरगंजका अध्यक्ष पीयूष साहले गर्नुभएको थियो।
प्रतियोगितामा वीरगंजका विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएका थिए। सहभागी विद्यालयहरूमा गौतम स्कूल, जीएचपी स्कूल, डीएभी स्कूल, साउथजोन स्कूल, ब्राइट स्कूल, एनआई स्कूल, डीपीएस स्कूल, शालोम स्कूल, त्रिजुद्ध स्कूल र वीरगंज पब्लिक स्कूल रहेका थिए।
कडा प्रतिस्पर्धाबीच गौतम स्कूलले पहिलो स्थान हासिल गर्न सफल भएको थियो भने जीएचपी स्कूलले दोस्रो स्थान हासिल गरेको थियोे एवं तेस्रो स्थान साउथजोन स्कूल भएको थियोे।
विजेता विद्यार्थीलाई प्रमाणपत्र र शिल्ड प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।
प्रतियोगिताका निर्णायक मण्डलमा ठाकुर राम बहुमुखी क्याम्पसका रसायनशास्त्रका व्याख्याता अजय कुमार झा, नेपाली विषयकी व्याख्याता उमा मिश्र, र मधेश विश्वविद्यालयका सहायक प्राध्यापक तथा परीक्षा व्यवस्थापन प्रमुख दिपेश कुमार कर्ण रहनुभएको थियो।
उक्त कार्यक्रमले वातावरणीय चेतना अभिवृद्धि गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजक संस्थाले बताएको छ। सहभागी विद्यालय, शिक्षक, विद्यार्थी तथा विशिष्ट व्यक्तित्वहरूले यस्ता कार्यक्रमले हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणमा युवापुस्तालाई प्रेरित गर्ने बताएका छन्।








