२०८३ बैशाख २ गते बुधबार

प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता सम्पन्न मुनलाईट स्कुल पहिलो

 

अभिलाष गुप्ता
जेष्ठ २३ बिरगंज

 

प्याब्सनमा आबद्ध रहेका बिरगंजका विभिन्न २६ वटा विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा गौतम स्कुल, मुनलाईट स्कुल, जीवन ज्योति स्कुल, मनकामना स्कुल, बिरगंज पब्लिक स्कुल, र गोल्डेन फ्यूचर स्कुल गरी ६ वटा विद्यालय अन्तिम चरण (फाइनल) सम्म पुग्न सफल भएका थिए।

फाइनलमा मुनलाईट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ। जीवन ज्योति स्कुल दोस्रो स्थानमा तथा मनकामना स्कुल तेस्रो स्थानमा स्थान प्राप्त गर्न सफल भएका छन्। विजयी टोलीहरुलाई शिल्ड तथा मेडल प्रदान गरिएको थियो।

कार्यक्रम प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिको रूपमा प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साह उपस्थित थिए।

कार्यक्रममा इनौभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, मानव सेवा आश्रमका संस्थापक देवेश गुप्ता, प्याब्सन बीरगंज कार्यसमिति सदस्य तथा मुनलाईट स्कुलका निर्देशक सुलभ केसी, प्याब्सन पर्साका सचिव अमित आलोक, डा. हरिशंकर, शर्मानन्द कुशवाहा लगायत विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक समेत रहेका प्याब्सन बीरगंज अध्यक्ष, प्याब्सन मधेश प्रदेश सदस्य, तथा प्याब्सन केन्द्रीय सदस्यको विशेष पहलमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
उक्त प्रतियोगिताको संचालन छेडुप लामा सहित नगर सचिव अमित आलोकले गरेका थिए।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM