२०८३ असार २१ गते आईतवार

बारा प्रहरीद्वारा नाईट्राभेट ट्याबलेटसहित ४ जना पक्राउ

 

अभिलाष गुप्ता
बारा, जेठ २३

बारा प्रहरीले लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय वीरगञ्ज, पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं. ०६ स्थित हनुमान चोकमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) बिजयराज पण्डितका अनुसार पक्राउ परेकाहरूबाट नाईट्राभेट-१० (NITRAVET-10) लेखिएको ३५ पत्ता, जम्मा १०३५ थान ट्याबलेट बरामद गरिएको छ।

पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका वडा नं. ०४ का २६ वर्षीय मुकेश साह कलवार, वडा नं. ०९ रामपुरका २० वर्षीय सुमन चौहान, २४ वर्षीय प्रदीप कुमार साह तथा वडा नं. २७ का १९ वर्षीय धिरेन्द्र कुशवाहा रहेका छन्।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।

























प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM