अभिलाष गुप्ता
बिरगंज २४ जेष्ठ
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ट्राफिक सप्ताह २०८२ अन्तर्गत तेस्रो दिन पनि वीरगंजमा जनचेतनामूलक कार्यक्रमहरू मार्फत सडक सुरक्षाका सन्देश फैलाइएको छ ।
अस्थाइ ट्राफिक प्रहरी पोष्ठ बसपार्कमा साप्ताहीक जेब्रा क्रसीन बाटो र सडक पेटी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना पर्चा पम्पलेट बितरण गरिएको थियोे। मिलन चोकमा पनि गुननिधि खकुरेलको नेतृत्वमा जनचेतनामूलक कार्यक्रमहरू मार्फत सडक सुरक्षाका सन्देश फैलाइएको छ ।
कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराजभट्टले गरेका थिए । वीरगंजको अस्थायी ट्राफिक प्रहरी पोस्ट गण्डक, बसपार्क ट्राफिक पोस्ट लगायतका क्षेत्रमा आयोजित कार्यक्रममार्फत नागरिकहरूलाई ट्राफिक नियमबारे जानकारी दिइएको थियो । कार्यक्रम अन्तर्गत सवारी चालक र यालुहरूलाई पर्चा वितरण, सचेतनामूलक स्टिकर टाँस्ने कार्य र ट्राफिक नियमको व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।
प्रहरी निरीक्षक भट्टका अनुसार ट्राफिक सप्ताहको अवसरमा आगामी दिनहरूमा वीरगंजका विभिन्न क्षेत्रमा थप सडक सुरक्षा सचेतना अभियानहरू सञ्चालन गरिने छ । प्रहरी कार्यालयले नागरिकको सहभागिता र सहकार्यमार्फत सुरक्षित र अनुशासित यातायात प्रणाली विकास गर्न ट्राफिक सप्ताहलाई अवसरका रूपमा लिएको जनाएको छ ।









