२०८२ चैत्र ११ गते बुधबार

एलाईड यूथ सोसाइटी (AYS) वीरगञ्ज शाखाको चौथो स्थापना दिवस भव्य रूपमा सम्पन्न नयाँ नेतृत्व चयन, विशिष्ट व्यक्तित्वहरूलाई सम्मान

 

 

युवाहरुको नेतृत्व विकास, सामाजिक सेवामा सक्रियता र सकारात्मक परिवर्तनका लागि कार्यरत एलाईड यूथ सोसाइटी (AYS) वीरगञ्ज शाखाको चौथो स्थापना दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

वीरगञ्जको आदर्शनगरस्थित त्रिशाला रेस्टुरेन्टमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य पर्साका प्रमुख जिल्ला अधिकारी श्री गणेश आर्यलले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता संस्थाका संस्थापक अध्यक्ष ओम कुमार झाले गरेका थिए।

कार्यक्रममा वीरगञ्ज तथा पर्सा जिल्लाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, समाजसेवी, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।
विशिष्ट अतिथिका रूपमा

प्रहरी प्रमुख एसपी गौतम मिश्र (जिल्ला प्रहरी कार्यालय, पर्सा),सशस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल (सशस्त्र प्रहरी बल, पर्सा),डा. दीपक शाक्य (उपकुलपति, मधेस विश्वविद्यालय),सोनम लामा (संचालक, गौतम स्कूल),प्रकाश थारू (समाजसेवी तथा सामाजिक अभियन्ता)लगायत अन्य प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा समाजसेवा, शिक्षा, नेतृत्व र सामाजिक योगदानको क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।
समितिले आगामी दिनमा युवाहरुको क्षमता अभिवृद्धि, रोजगारमुखी तालिम, शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप क्रियाशील रहने प्रतिबद्धता पनि जनाएको छ।

नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित कार्यक्रमको अवसरमा एलाईड यूथ सोसाइटी वीरगञ्जको नयाँ कार्यसमिति गठन गरिएको छ।
पियूष साह कानुलाई सर्वसम्मतिले नयाँ अध्यक्ष चयन गरिएको छ भने उपाध्यक्षमा पवन कलवार,आचल यादव,सचिवमा
सन्नी श्रीवास्तव,निभा पालसंयुक्त सचिवमा निरञ्जन पाल कोषाध्यक्ष प्रद्युम्न सर्राफ,सह-कोषाध्यक्ष,जलिन्द्र प्रसाद साह

प्रवक्ता विकास साह,जनसम्पर्क अधिकारीआशिष राउत कुर्मी,समीक्षा चौरसिया विभाग प्रमुख मनु राज साह,समन्वयकर्ता,आयुष कुमार गिरी,सिनेमाटोग्राफर संजीव यादव,कार्यकारिणी सदस्य सन्ध्या झा सदस्यहरू समेत सर्वसम्मतिमा चयन भएका छन्।
संस्थापक अध्यक्ष ओम कुमार झाले नयाँ कार्यसमितिको नेतृत्वमा संस्था अझ प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य, संस्थाको वार्षिक प्रतिबेदन, सांस्कृतिक कार्यक्रम तथा अन्तरक्रियात्मक सत्र समेत समावेश गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM