शिक्षक दिवसको अवसर पारेर बिरगंज टेक्वान्डो डोजाङले ‘शिक्षक सम्मान तथा विशेष कार्यक्रम’ आयोजना गरेको छ । डोजाङका प्रशिक्षक एवं कार्यक्रम संयोजक मोहम्मद वेश सेखको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे। उक्त कार्यक्रमको प्रमुख अतिथी रास्ट्रिय खेलकुद परिषदका मधेश प्रदेशका सचीव शिवजी गुप्ताको आतिथ्यमा सम्पन्न भएको थियोे भने विशिष्ट अतिथीमा नेपाल ईनोभेट सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाई,मास्कट एकेडेमीका संचालक बिजय साह,बिरगंज टेक्वान्डो डोजाङका कार्यालय प्रमुख एवं वरिष्ठ प्रशिक्षक महमद सकिल,करण यादव,ठाकुरराम बहिमुखी कलेजका युवा नेता राज कुमार यादव,संचारकर्मी अभिलाष गुप्ता,सुर्यानारायण बिक लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।
उक्त कार्यक्रम बिरगंज महानगरपालिका वडा नम्बर ५ स्थित कुम्हलटोलमा अवस्थित मास्कट एकेडेमीमा आयोजना भएको हो ।कार्यक्रममा डोजाङमा प्रशिक्षण दिने गुरूहरूप्रति कृतज्ञता प्रकट गर्दै उनीहरूलाई सम्मान गरिएको थियोे । साथै, प्रशिक्षण लिने विद्यार्थीहरूद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति र टेक्वान्डो प्रर्दशन समेत गरिएको थियोे।
“गुरूको योगदान अमूल्य हुन्छ । उहाँहरूले दिएको शिक्षाले हामीलाई अनुशासन, आत्मविश्वास र सम्मानको भावना सिकाउँछ,” प्रशिक्षक सेखले बताए ।कार्यक्रममा प्रशिक्षक, अभिभावक, विद्यार्थी लगायत स्थानीय समाजसेवीहरू एवं पत्रकारहरुको पनि उपस्थिति रहेको थियोे।
शिक्षक दिवसको अवसरमा आयोजना गरिएको यो कार्यक्रममार्फत प्रशिक्षकहरूले विद्यार्थीहरूमा निहित प्रतिभा उजागर गर्न सकेका छन् भने विद्यार्थीहरूलाई आफ्नो गुरूप्रति सम्मान व्यक्त गर्ने एक अवसर प्रदान गरिएको आयोजकको भनाइ छ ।









