अभिलाष गुप्ता वीरगंज, १२ चैत । जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले चालू आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङघन गर्ने १९ हजार २८६ जनालाई कारबाही गरेको छ । ट्राफिक व्यवस्थापन सुधारका लागि वीरगंज महानगरपालिका तथा ग्रामीण भेगका विभिन्न स्थानमा अस्थायी पोस्ट स्थापना गरी नियमित अनुगमन तथा कारबाई गर्दै आएको ट्राफिक प्रहरी कार्यालय, पर्साले जानकारी गराएको छ ।
यस अवधिमा जिल्लाका ४८८ स्थानमा भएका सवारी दुर्घटनामा ७३५ वटा सवारीसाधन संलग्न रहेको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनाका कारण २७ जनाको मृत्यु भएको छ भने ७४४ जना घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ७२५ वटा जनचेतनामूलक कार्यक्रम आयोजना गरी एक लाख छ हजार ३५७ जनालाई सचेत गराएको छ । यसैगरी, चालू आवको आठ महिनामा सवारी नियम उल्लङघन गर्नेहरूबाट रू १ करोड ७५ लाख ६० हजार ८५० राजस्व सङ्कलन गरिएको ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख लोकराज भट्टले जानकारी गराएका हुन् ।

Post Views: 124