२०८३ बैशाख ४ गते शुक्रबार

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान द्वारा यहि शनिबार बृहत रक्तदान कार्यक्रमको आयोजना

 

अभिलाष गुप्ता
चैत्र २० बिरगंज

 

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानको बैठक यस प्रतिष्ठानको अध्यक्ष मुना खनालको अध्यक्षमा मंगलबार बैठक सम्पन्न भएको थियो। उक्त बैठकमा सचिव लाल बाबु सिंह, सह सचिब अजित कुमार भुजेल, कोषाध्यक्ष बिना आचार्य, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, प्राध्यापक डा.प्रमोद कुशवाह, जय कुमार दनुवार,समेत सदस्यहरू प्रभु रौनियार,अभिलाष गुप्ता,नवराज भट्टराई, श्रवण बहादुर रायमाझीको उपस्थिती रहेको थियो।
सो बैठकले यही चैत २३ गते शनिबारका दिन बिहान ७ बजे देखी बिरगंज महानगरपालिका स्थित गिता मन्दीर प्रङगनमा रक्तदान कार्यक्रमको आयोजना गर्ने सर्व सहमतिले निर्णय गरियो।

साथै विभिन्न संघ संस्थाहरु संग सहकार्य गरि उक्त रक्तदान भब्यताका साथ सम्पन्न गर्ने एवम् उपस्थित संस्थाका सम्पूर्ण पदाधिकारीहरु सहभागी द्वारा भविष्यमा थप प्रभावकारी सामाजिक कार्यहरू गर्दै प्रतिष्ठानलाई सकृय रूपमा अगाडि बढाउने प्रतिवद्धता गरियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM