अभिलाष गुप्ता
चैत्र २३ बिरगंज
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान द्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य अनिल रुङटाको आतिथ्यमा एवं विशिष्ट अतिथी वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं,जिल्ला ट्राफिक पर्साका प्रमुख लोकराज भट्ट, बिरगंज युवा समाजका अध्यक्ष कमल चौलागाईं,पब्सन पर्साका अध्यक्ष सरोज चौधरी,नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका बृज किशोर पटेल,गिता मन्दीर सन्चालक समितिका अध्यक्ष मदन गुप्ता,मनोज गुप्ता,डा.लक्ष्मि थापा एवम् यस प्रतिष्ठानको अध्यक्ष मुना खनालको अध्यक्षमा सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रम शनिबारका दिन बिरगंज महानगरपालिका घडिअर्वा स्थित गिता मन्दीरको प्रङगनमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा सचिव लाल बाबु सिंह, सह सचिब अजित कुमार भुजेल, कोषाध्यक्ष बिना आचार्य, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय, प्राध्यापक डा.प्रमोद कुशवाह, जय कुमार दनुवार, प्रभु रौनियार,नवराज भट्टराई लगाएतकाहरुको उपस्थिती रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा ६ महिला सहित ६६ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा
ज्ञानमाया रायमाझी,सार्दुल भट्टराई,सुबास सिंह,नवराज भट्टराई,नन्दन जौमार,डोई राज थपलिया,अञ्जली हुरो,मनमोहन शर्मा,अंकित साह,अजय प्रजापति,श्रीकृष्ण साह,रञ्जु हिरी,उदय कुमार,विराट सिंह,विजय श्रीवास्तव,शेखर सिंह,सुशान्त अधिकारी,सुजित कुमार,गणेश शाह लगाएतकाहरुले रक्तदान गरेका थिए सो को जानकारी नेपाल रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ता ले दिएका थिए।
कार्यक्रममा बिरगंज रक्त संचार केन्द्रका सौरभ राज पाण्डे,मनिस गुप्ता लगाएतका प्राविधिक सहयोगले सम्पन्न भएको हो।उक्त रक्तदान कार्यक्रमका संयोजक श्रवण बहादुर रायमाझीको विशेष उपस्थिति रहेको थियो।



















