अभिलाष गुप्ता
चैत २४ बिरगंज
सामाजिक संस्था दाइजो एवम सामाजिक कुरिति विरुद जागरण मंचको आयोजना तथा केडिया आखा अस्पतालको प्राविधिक सहयोगमा जगरनाथपुर गाउँपालिका वडा नम्बर २ स्थित पाण्डेपुरको श्री ने. रा. प्रा. विघालयको प्रङनमा सम्पन्न भएको थियोे। उक्त कार्यक्रम जनमत पार्टीका युवा नेता एवं समाजसेवी बृजेशवर प्रसाद चौघरीको अध्यक्षतामा शनिबारको दिन निशुल्क आखा शिविर सम्पन्न भएको थियोे।
उक्त शिवीरमा केडिया आखा अस्पतालका डा. रामदरेश साह र उनका टिम संगै सामाजसेवी शिव कुमार साह,नरेश यादव,धर्मराज ठाकुर,चन्देशवर साह,प्रभा देवी लगायतहरु एवं स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो निशुल्क शिविरमा कूल १८३ जना लाभान्वित भएका थिए। जस मधे ४७ जनामा मोतियाविन्दका लक्षण देखा परेको थियोे र ३७ जना लाइ आई ड्रप समेत दिइएको थियोे।
यसरी यी मोतियाविन्द फेला परेकाहरु लाई यसै हप्ता २५ गते सोमवार का दिन यहाबाट परवानीपुरमा रहेको केडिया आखा अस्पतालमा लगी औषधी चश्मा ब्लडटेस्ट लेन्श लगायत पुरै निशुल्क नै शल्यक्रिया गरिने छ। यहा सम्म की अप डाउन को लागी सवारी साधन को ब्यवस्था पनि समाजसेवी एवं जनमतका युवा नेता बृजेशवर प्रसाद चौघरीले आफ्नै तर्फ बाट गर्नु हुने बताएका थिए।



















